
काठमाडौं, ८ जेठ । नविल बैंक र नेपाल बैंगलादेश बैंकबीचको मर्जरको प्रक्रिया अगाडि बढेको छ । दुईवटै बैंकको शनिबारको विशेष साधारण सभाले मर्ज गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढेको हो ।
दुवै बैंकले शनिबार मर्जरका विषयमा छलफल गर्ने प्रयोजनका लागि विशेष साधारण सभाको आयोजना गरेका थिए । दुवै विशेष साधारण सभाले सर्वसम्मत रुपमा मर्जको प्रस्ताब पारित गरेको जनाइएको छ ।
साधारण सभामा कसैले पनि मर्जमा जाने विषयको विपक्षमा आवाज नउठाएको नेपाल बंगलादेश बैंकका प्रमुख सूचना अधिकारी विश्वप्रकाश पौडेले जानकारी दिए ।
सबै कागजात तयार गरि राष्ट्र बैंकमा पठाउने र राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्ने वित्तिकै सूचना जारी गरेर संयुक्त कारोबार शुरू गरिने उनको भनाइ छ । यता नविल बैंकले पनि सर्वसम्मत रुपमा नेपाल बंगलादेश बैंक गाभ्ने प्रस्ताव पास गरेको छ ।
दुवै बैंकबाट गर्नुपर्ने सबै प्रक्रियाहरु पुरा गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिइने र त्यहाँबाट अन्तिम स्वीकृति पाएपछि संयुक्त कारोबार शुरू गरिनेछ ।
ढिलोमा असारको तेस्रो हप्ताबाट संयुक्त कारोबार हुने तयारीमा यी दुई बैंक छन् । यी दुई बैंकबीच पुस २९ गते मर्जरमा जाने विषयमा सम्झौता भएको थियो । तर अदालतमा मुद्दा परेका कराण लामो समय देखि रोकिएको थियो ।
बिहीवार सो मुद्दा फिर्ता भएसँगै एक आपसमा गाभ्ने र गाभिने प्रक्रिया शुरू गर्ने बाटो खुल्ला भएको थियो । मर्जर पछि पनि बैंकको नाम नविल बैंक नै राख्ने सहमति यस अघि नै भइसकेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




