
काठमाडौं, ९ जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २ हजार ९९० मिटर उचाईमा अवश्थित रारातालकाे किनारमा कार्यसमितिको बैठक सम्पन्न गरेको छ ।
संघीय राजधानी काठमाडौं तथा देशका मुख्य शहरहरुबाट नाडा यसपालि दुर्गम कर्णालीको रारामा किन पुग्यो त ? नाडा अध्यक्ष ध्रुव थापाले भने, पर्यटनको महत्वपूर्ण क्षेत्र रारामा बैठक गर्नु आन्तरीक पर्यटनलाई बढावा दिनलाई नै हो । पर्यटनको बिस्तारका लागि आन्तरीक भ्रमण गरेर प्रवर्धनको सन्देश दिन खोजिएको हो थापाले भने ।
प्राकृतिक रुपमा सुन्दर राराको लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिदै थापाले राज्यले लगानी बिस्तार र यातायातको सहज सुविधामा ध्यान दिनुपर्ने बताए ।
नाडाले कार्यसमितिको बैठकसंगै कर्णाली अटोमोबाइल्स एसोसिएसनका सदस्यहरुसंग सुन्दर रारातालकाे छेउमै छलफल गरेको छ । सो क्षेत्रका अध्यक्ष भद्र भण्डारीले कर्णाली प्रदेशलाई विशेष अटो जोनको रुपमा विकास गर्न संघ तथा प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




