
काठमाडौँ, १२ जेठ । धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले एउटा माइक्रोफाइनान्स र दुई वटा हाईड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन र स्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सनलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डले आदर्श लघुवित्तलाई ६७ लाख रुपैयाँको ६७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । यसको बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।
बोर्डले राप्ती हाईड्रोलाई पनि आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
बोर्डले स्वेतगंगा हाईड्रोलाई पनि आईपीओ निष्काश गर्न अनुमति दिएको हो । कम्पनीलाई बोर्डले ३९ करोड ८२ लाख ५० हजार रुपैयाँको ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
दुई वटै हाईड्रोपावर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने अनुमति पाएका हुन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




