केन्द्रीय बैककाे मौद्रिक नीतिको त्रैमासिक प्रतिवेदनमा के के भए समीक्षा ?

-



     सफल आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको छ । अधिकांश नीतिलाई निरन्तरता दिदैं राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

अहिलेकाे समीक्षा हेर्दा बजारमा अझै ब्याजदर बढ्न सक्ने संकत गरेको बैकरहरूले बताएका छन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत यसअघी केही सार्वजनिक कार्यक्रमहरूमा ब्याजदर बढ्ने संकत गर्दै आएका थिए।

आर्थिक स्थायित्व कायम गर्न ब्याजदरसहित अन्य उपकरणको प्रयोग गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । सेयरबजारमा राखेको प्रावधानहरुका बिषयमा भने त्रैमासको मौद्रिक नीतिले छाेएकाे छैन ।

मौद्रिक नीतिले गरेका समीक्षाका केही महत्वपुर्ण बुँदाहरू :

१. मूल्य र बाह्य क्षेत्रकाे स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीर्ति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।

२. कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।

३. आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ ।

४. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ ।

५. मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रबर्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइनेछ ।