
स्याङजा (साल्मेडाँडा), १४ जेठ । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं १ साल्मेडाँडामा निर्माणाधिन अवस्थामा रहेको गोरखा स्मारकको वास्तविक डिजाईन अनुसारको काम सरकारले हस्तक्षेप गरी तुहाएको बताईएको छ ।
गेसोका पूर्व अध्यक्ष पदम बहादुर गुरुङले निर्माण समितिले बनाएको डिजाईन अनुसार काम भईरहेकोमा सरकारले हस्तक्षेप गरेपछि आफुहरु बाहिरिएकाे र त्यसपछि मापदण्डबिपरीत कम गुणस्तरको सामग्री प्रयोग गरेको बताए ।
हामीले दोश्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका ८० हजार गोरखा सैनिकको स्मृतिमा स्मारक, म्युजियम निर्माण गरिरहेको बेलामा नेपाल सरकारले हस्तक्षेप गरी बेलायती महारानीबाट उद्घाटन गराई विश्वभर परिचित गराउने र पर्यटन प्रवर्धनको सपना तुहिएको गुरुङले बताए ।
हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको काम गरिरहेका थियौं तर सरकारले बेलायतलाई नै सहयोग पुग्नेगरी काम गर्यो यो देशको हितमा छैन । गुरुङले भने, विश्वयुद्धमा नेपालीलाई पठाएर मार्न वाध्य बनाउने, उनीहरुकाे लगत केहि नभन्ने तर बेलायतका लागि गोरखालीले गरेको योगदानबाट भाग्न खोजेको बताए ।
अब त प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालबाट उद्घाटन नै भईसकेपछि गोरखा स्मारक वास्तविक डिजाईनबाट नभई स्थानिय ठेकेगारी काममा सिमित भएको छ, उनले भने स्मारकको छेउमा स्मारकको मापदण्डबिनाका घर बनाईएको छ यो गर्नै हुन्थेन । उनले भने, मन्त्रीले उद्घाटन गरिसकेपछि उनीहरु आउदैनन् त्याे संभावना छैन ।
सबै मेहनत पानीमा बगेसरह भएको छ । बन्दै गरेको संरचना अस्तव्यस्त छ । कमसल सामानको प्रयोगको कारण नयाँमै जिर्ण हुने डर भईसक्यो, गुरुङले भने, ठाउँ ठाउँमा राखिएका बत्तिका साना पाेल ढलेका, सरसफाईमा ध्यान नदिएको र बाँकी कामहरुमा आलटाल भएको छ ।
अवलोकनका लागि गराउन साल्मेडाँडा पुगेका गुरुङले निन्याउरो मुख लगाउँदै सबै मेहनत पानीमा बगाएसरह भएको सफल आवाजलाई बताए ।
अब के गर्ने त ? भन्ने हाम्राे प्रश्नमा गुरुङले भने म थाकेकाे छैन । इतिहासमै गाेरखामाथि भएकाे अपमान, थिचाेमिचाे र पाउनै पर्ने अधिकारका बारेमा मुद्धा हाले घुँडा टेकाएँ अब पुन: बेलायत गएर अन्तराष्ट्रिय अदालत वा अरु के गर्ने तयारीमा रहेकाे बताए ।
गुरुङले शनिबार गाेरखा स्मारक स्थलमा व्यक्त गरेकाे तुहाइएकाे कथा भिडियाेमा हेरौं












काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



