पाेखरा ,१५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ : ५५ मा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । विमानमा १९ जना यात्रु र चालकदलका ३ सहित २२ जना सवार थिए ।
क्याप्टेन प्रभाकर घिमिरेले बिमान उडाएका थिए ।

तारा एयरका अनुसार जहाज अहिलेसम्म सम्पर्कमा छैन । विमान मुस्ताङकाे लेते माथीकाे पहाडमा ठाेकिएकाे आशंका गरिएकाे छ । जहाजबारे खोजी सुरु भइसकेकाे मुस्ताङ प्रहरीले जनाएकाे छ ।
हराएको ताराकाे बिमान खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर काठमाडौंबाट उडिसकेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताएका छन ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



