
काठमाडौं, १७ जेठ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)ले बजेटमा मिश्रित प्रतिक्रिया दिएको छ ।
बजेटमा सरकारले गरेको केही व्यवस्था निकै सराहनीय भनेको नाडाले केही बुँदामा भने पुनर्विचार आवश्यक हुने बताएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले नाडाले केही विषयलाई सकारात्मक भनेको तर केही विषयलाई भने सरकारले पुनर्विचार गर्नेपर्ने बताए ।
नाडाले सोमवार एक विज्ञप्ति जारी गर्दै सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरूमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने नीति निकै सराहनीय भएको बताएको छ ।
नाडाले सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप ल्याइएको नीति निकै राम्रो भएको बताएको हो ।
त्यसैगरी सरकारले १०० किलोवाट क्षमताका विद्युतिय सवारी साधन, १५०० सि.सि सम्मका कम्बसन इन्जिन भएका सवारी साधन लगायत २०० सि.सि.सम्मका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुलाई आवश्यकताको सवारी साधनको रुपमा लिएको देखिएको भन्दै यसमा पनि नाडा सकारात्मक भएको जनाएको छ ।
बजेटमा नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । नाडाले त्यो बजेट राम्रो भएको भन्दै नेपालमा चाँडै प्रदर्शनीहल निर्माण हुने अपेक्षा राखेको समेत जनाएको छ ।
बजेटले १०० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सीसीभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरेकोमा भने नाडाको असन्तुष्टी छ ।
नाडाका अध्यक्ष थापाले सरकारले यस निर्णयलाई पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
उनले भने,’१०० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सीसीभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरेको छ, यसलाई सरकारले पुनर्विचार गर्नुपर्छ ।’
त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतीय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्न कठीन मात्र हुने नभई आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने नाडाले गुनासो गरेको छ ।
यसमा लाग्ने महशुलमा केही सुधार गर्न समेत नाडाले माग गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




