
काठमाडौं, १९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तुत गरेको बजेटमा फलामजन्य सामाग्रीको आयातमा राजश्व बढाइएपछि उद्याेगी व्यवसायीहरू चिन्तित बनेका छन् । केही समयअघि मात्रै भारतले नै फलामजन्य सामाग्रीको निर्यातमा १५ प्रतिशत राजश्व लिन थालेपछि समस्यामा परेका नेपाली उद्यमी व्यवसायीलाई बजेटले सहयोग नगरेको उनीहरूले बताएका छन् ।
अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा एमएस वायर, रड लगायतको फलामे सामाग्रीको आयातमा राजश्व बढाइएको छ । जसका कारण उद्योगी व्यवसायीहरू सरकारसँग आक्रोशित बनेका छन् । भारतले फलामे सामाग्रीको निकासी शूल्क १५ प्रतिशत बढाएको अवस्थामा नेपालमा पनि आयात शुल्क बढ्दा एमएसमा आधारित उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले दाबी गरेका छन् ।
सरकारले बजेटमा एमएस वायरको आयातमा भन्सार महसुल ५ प्रतिशतलाई थप ५ प्रतिशत बढाएर १० प्रतिशत बनाएको छ ।
त्यस्तै प्रतिकिलो २ रुपैयाँ ५० पैसाको अन्तःशुल्कलाई ४ रुपैयाँ ५० पैसा पारिएको छ ।
‘ठूला व्यवसायीसँग साँठगाँठ गरेर बजेट ल्याइयो’
अर्थमन्त्री शर्माले बजेटमार्फत फलामजन्य सामाग्रीको आयातमा राजश्व बढाएपछि उद्योगीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
कतिपय उद्योगीहरूले त अर्थमन्त्री शर्माले केही ठूला व्यवसायीहरूसँग साँठगाँठ गरेर साना व्यवसायीहरूलाई मारमा पार्ने निर्णय लिइएको आरोप समेत लगाएका छन् ।
प्रिमियर वायरका सञ्चालक सौरभ शारडाले अर्थमन्त्री शर्माले साना उद्योगीलाई माथि उठ्न नदिने नियतका साथ काम गरेको बताए । उनले भने,‘केही ठूला उद्योगीहरूको हितमा उहाँले काम गर्नुभएको छ । यसमा हाम्रो आपत्ति हो ।’

उनले भने,‘हामीलाई मार परेको छ, अहिले महशुल नबढाउनुस् भनेर हामीले भनेका थियौँ, तर उहाँले यस्तो अवस्थामा पनि भन्सार बढाइदिनुभयो, यसले हामीलाई निकै अप्ठ्यारो हुन्छ ।’ शारडाले उत्पादित सामग्री भन्दा कच्चा पदार्थको पैठारी महँगो पर्न जाँदा जीआई वायर उत्पादन गर्ने नेपालमा सानाठूला गरी ३० भन्दा बढी उद्योग बन्द हुनसक्ने समेत दाबी गरे ।
विशाल ग्रुप तथा कमला स्टिल्सका अध्यक्ष जगदिश अग्रवालले सरकारले फलामे सामाग्रीको कच्चा पदार्थ आयातमा राजश्व बढाएर अन्याय गरेको बताए । ‘हामीले के गर्ने, के नगर्ने सोच्नै सकेका छैनौँ । उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्,’ यो सब अर्थमन्त्रीकै कारण भएको हो,’ उनले भने ।
उनले साना उद्योगीलाई मार्ने सरकारी नीति स्पष्ट देखिएको समेत गुनासो गरे । ‘केही ठूला उद्योगीको प्रभावमा अर्थमन्त्रीले साना उद्योगीलाई मार्ने नीति राखेको स्पष्ट देखियो,’ उनले भने ।
इण्डियाले फलामजन्य वस्तुको कच्चा पदार्थको निकाशी शूल्क १५ प्रतिशत बनाउँदा त्यसको असर नेपालमा पनि परेकाेले उद्योगहरू धरासायी हुने बताउदै यस्ताे अवस्थामा फेरी सरकारले बजेटमा एमएस वायरको आयातमा भन्सार महसुल ५ प्रतिशतलाई थप ५ प्रतिशत बढाएर १० प्रतिशत बनाएकोमा हुलास वायर इण्डस्ट्रिजकी प्रबन्ध सञ्चालक युक्ती गोल्छाले असहमती जनाएकी छन ।
त्यस्तै प्रतिकिलो २ रुपैयाँ ५० पैसाको अन्तःशुल्कलाई ४ रुपैयाँ ५० पैसा पारिएको अवस्थामा हामिले उधाेगहरू कसरी संचानल गर्ने भन्ने चिन्ता लागेकाे बताइन ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



