
काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशैभरका ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ रहेकाे छ ।
स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ ।
स्थानीय तहमा पठाएको बजेटमा १ खर्ब समानीकरण अनुदान रहेको छ । यस्तो बजेटमा १ खर्ब ८३ अर्ब रुपैयाँ सशर्त अनुदान र ९ अर्ब रुपैयाँ विशेष अनुदान छ ।
सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेटमा सातै वटा प्रदेशका लागि १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । प्रदेशलाई पठाएको बजेटमा सबैभन्दा बढी बागमती प्रदेशलाई २० अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड रुपैयाँ छ ।
प्रदेश १ लाई १९ अर्ब ९ करोड, मधेश प्रदेशलाई १९ अर्ब १५ करोड, लुम्बिनीलाई १८ अर्ब ४७ करोड रुपैयाँ, गण्डकी प्रदेशलाई १६ अर्ब ५४ करोड र कर्णाली प्रदेशलाई १८ खर्ब ४७ करोड रुपैयाँ छ ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




