
काठमाडौं, २३ जेठ । महिला र बालबालिका विरुद्धको हिंसा र बाल तथा जबर्जस्ती विवाह, रोकथाम गर्न सकिने मातृ मृत्यु र परिवार नियोजनको अपरिपूर्त मागको अन्त्य गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा खासै सुधार हुन सकेको छैन । विसं २०७६ कात्तिक २६ गतेदेखि २८ सम्म केन्याको राजधानी नैरोबीमा सम्पन्न ‘जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५ औँ वार्षिकोत्सव शिखर सम्मेलन’मा नेपाल सरकारले ती तीन क्षेत्र शून्यमा झार्ने प्रतिबद्धता जनाएको थियो ।
सरकारका तर्फबाट तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सम्मेलनमा भाग लिनुभएको थियो । केन्या र डेनमार्क सरकारका सहकार्यमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले नैरोबी सम्मेलनको संयोजन गरेको थियो । नेपाल सरकारले ती प्रतिबद्धता सहित सम्मेलनमा नेपालका प्राथमिताका बारेमा जानकारी समेत गराएको थियो ।
ती प्राथमिकतामा किशोरकिशोरी मैत्री सेवा र बृहत् यौनिकता शिक्षाको पहुँचमा वृद्धि गर्दै युवावर्गले आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोग गर्न सक्ने निश्चित गरी युवा वर्गको सुस्वास्थ्य र समृद्धिका लागि लगानी गरिने, यौन र प्रजनन स्वास्थ्य सेवा, लैङ्गिक हिंसाको रोकथाम र प्रतिकार्यसहित विपद् प्रभावित व्यक्तिको आधारभूत मानवीय आवश्यकता निश्चित गरी मानवीयताको दृष्टिकोणले सम्बोधन गरिने र वित्तीय नीति, औजार र संरचनालाई सान्दर्भिक बनाइ आइसिपिडी र दिगो विकास लक्ष्यको पूर्ण कार्यान्वयन गर्ने थिए ।
ती तीन क्षेत्रमा नेपाल सरकारले लगानी गरेअनुसारको नतिजा नआउँदा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेको प्रतिबद्धता पूरा गर्न कठिन हुने देखिएको हो । महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता जनाउने तर व्यवहारमा सुस्त कार्यान्वयन गर्ने नेपाल सरकारको रोग रहेको बताए । उनले भने, “महिला र बालबालिका विरूद्धको हिंसा र बाल तथा जबर्जस्ती विवाह, रोकथाम गर्न सकिने मातृ मृत्यु र परिवार नियोजनको अपरिपूर्त मागको अन्त्य गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न श्रोत, साधन र नीतिगत अपर्याप्तता छ ।
यी क्षेत्रमा व्यापकरुपमा सचेतना पनि जगाउनु आवश्यक छ । ” उहाँका अनुसार महिला हिंसा न्यूनीकरण तथा लैङ्गिक समानता कायम गर्ने सन्दर्भमा थुप्रै नीतिगत व्यवस्था भए पनि पर्याप्त जानकारीको अभावमा कार्यान्वयनमा आउन सकेको छैन । उनले भने, “नेपालको कानुनले छोरा र छोरीलाई समान अंश दिनुपर्ने व्यवस्था गरेको छ तर यो व्यवस्थाअनुसार अंश दाबी गर्ने महिला निकै कम हुनुहुन्छ । यो भनेको भएको कानुनी व्यवस्था पनि कार्यान्वयनमा आउन सकेको छैन भन्ने नै हो । ”अर्कोतर्फ नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको हिंसा अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसकेको छ ।
यस्तै सन् २०२५ भित्रमा पूरा गर्ने लक्ष्यका साथ संयुक्त राष्ट्र सङ्घले गठन गरेको ‘जेण्डर इक्वाइली फोरम’ ९जिइएफ० मा पनि नेपालका विभिन्न सङ्घ संस्थाले ऐक्यबद्धता जनाइसकेका छन् । गैरसरकारी सस्थाका तर्फबाट नैरोबी सम्मेलनमा सहभागी भिजिबल इम्प्याक्टकी अध्यक्ष मेधा शर्माले भनिन्, “नेपालले नैरोबी सम्मेलनमा आइसिपिडीको कार्ययोजनाले तोकेका लक्ष्य प्राप्त गर्न पुनः प्रतिबद्धता जाहेर गर्नु सकारात्मक पक्ष हो तर सम्मेलनमा व्यक्त प्रतिबद्धता सुस्त कार्यान्वयन हुनु दुःखद् पक्ष हो ।
लैङ्गिक समानता कायम गर्न सकियो भने मात्रै महिलामाथि हुने हिंसामा कमी आउँछ । यसका लागि नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक पर्छ । ” आइसिपिडीका मुख्य लक्ष्यमा बालविवाह तथा अन्य हानिकारक अभ्यासको निराकरण गर्ने, लैङ्गिक हिंसा अन्त्य गर्ने, रोकथाम गर्न सकिने मातृ मृत्युलाई घटाउने, आधुनिक गर्भ निरोधक साधनहरुको अपूर्त मागको सम्बोधन गर्ने, किशोरीहरुको शिक्षा तथा स्वास्थ्य अधिकार सुनिश्चितता गर्नेलगायतका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आइसिपिडीको कार्ययोजना तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसा अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावनाअनुसार उच्च गतिमा सरकारले काम गरिराखेको दाबी गरिन्। उनले भनिन्, “महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न र लैङ्गिक समानता कायम गर्न सरकारले उच्च प्राथमिकतामा दिएको छ । यसका लागि सरकारले नीतिगत सुधारका साथ साथै विभिन्न कार्यक्रम कार्यान्वयन गरिराखेको छ ।”






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



