
काठमाडौं, २४ जेठ । नेपाल सरकारले आइतबार दिएको बिदा असार १ गतेबाट लागू हुनेगरी नदिने निर्णय गरेको छ । हप्तामा दुइदिन बिदा हुने भएपछि यसका बारेमा आलोचना तथा मिस्रित प्रतिक्रियाहरु आएका थिए ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन दिने भनिएको सो बिदाको निर्णयलाइ उल्ट्याएर साविकको जस्तै शनिबार एक दिने बनाएको हो ।
इन्धन खपत कम गर्ने भन्दै गएको जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। दुई दिन बिदा दिएपनि इन्धनको खपत कम नभएपछि सरकारले एक महिनामै सो निर्णयलाइ खारेज गरेको छ ।
कति भयो यसबीचमा खपत ?
नेपाल आयल निगमले दुई दिने सार्वजनिक बिदाले केही मात्रामा मात्रै पेट्रोलियम पदार्थको खपत घटेको जनाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपध्यायले सरकारले दुई दिन विदा दिएको निर्णयले जेठ महिनामा पेट्रोलियम पदार्थको खपत घटेको बताए ।
उनकाअनुसार वैशाख महिनाको २२ गतेसम्ममा ४७ हजार ८५० किलोलिटर पेट्रोल खपत भएको थियो ।
अहिले जेठ महिनाको २२ गतेसम्ममा ३९ हजार ४५० किलोलिटर मात्रै पेट्रोल खपत भएको छ । जसमा ८ हजार ४ सय किलोलिटर अर्थात् १७.५५ प्रतिशतले पेट्रोल खपत कम भएको उनको भनाइ छ ।
त्यसैगरी, वैशाखको २२ गतेसम्ममा १ लाख ८ हजार ४९३ किलोलिटर डिजेल खपत भएकोमा सोही अवधिको जेठमा ८८ हजार ५ सय ४८ किलोलिटर डिजेल खपत भएको उनले जानकारी दिए ।
जसमा दुई दिन विदाको व्यवस्थाले १९ हजार ९४५ किलोलिटर अर्थात् १८.३८ प्रतिशतले खपत कम निगमले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




