पाेखरामा मनाईयो विश्व खाद्य स्वच्छता दिवस २०७९, आत्मनिर्भर कृषिमा लाग्नुपर्छ : मन्त्री बुढा

-



     आरजू विष्ट सल्यानी    
     जेठ २४ गते २०७९ मा प्रकाशित



पोखरा, २४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले ‘विश्व खाद्य स्वच्छता दिवस २०७९’ सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ ।

“स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार” भन्ने मूल नाराकासाथ सप्ताहव्यापी रुपमा संचालन गरिएको विश्व खाद्य स्वच्छता दिवस २०७९ को मूलसमापन समारोहलाई संवोधन गर्दै गण्डकी प्रदेश भूमि ब्यपस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले कृषि उत्पादन मानव जीवनसंग जोडिएको विषयवस्तु भएकोले परम्परागतभन्दा अलि फरक ढंगले अगाडी बढ्न आवस्यक भएको बताए । समारोहका प्रमुख अतिथि मन्त्री बुढाले अब फरक किसिमले नागरिकसामु जानु पर्ने बेला आएको बताए । आयातमुखि कृषिभन्दा यहिं नै उत्पादनलाई बढावा दिन संघ तथा प्रदेश सरकारेको भूमिका स्पष्ट हुनुपर्नेमा जोड दिए ।

हाम्रो संरचनाले प्रदेशमा कति धान्न सक्छ ? प्रदेश वा संघ एक्लैले संभव छ कि छैन ? अनि संविधानले प्रदत्त गरेका अधिकारहरुको कार्यान्वयनका लागि आएका चूनौती केके हुन् भन्ने बारेमा स्पष्ट भएर जानुपर्ने खाँचो औंल्याए । मन्त्री बुढाले कृषि उपजको उत्पादनदेखि बिक्रेता र उपभोक्तासम्म जाँदाको अवश्थालाई ख्याल गरेर काम गर्न लाग्नुपर्ने बताए ।

मन्त्रालयका सचिव हरि बहादुर केसीले खाद्य स्वच्छताका लागि पहिलो कुरा उत्पादन र गुणस्तर भएकोमा जोड दिए । उत्पादन गर्दाखेरिनै ध्यान दिने हो भने खाद्य सुरक्षा त्यहिंबाट सुरु हुने भएकोले घरभान्सासम्म पुग्दा त्यो स्वच्छ नै हुनुपर्नेमा जोड दिए । उनले खाद्य स्वस्तथा र सुरक्षाका बारेमा सचेतना आवश्यक भएकोले अनुगमनलाई पनि जारि राख्नुपर्ने बताए । उनले यसका लागि सरकारी वा गैरसरकारी सबै पक्षको भूमिका जुटेर संभाव हुने आशा व्यक्त गरे ।

पोखरा विज्ञान तथा प्रविधि क्याप्पस प्रमुख हरि खनालले व्यवहारिक रुपमा र नीतिगत रुपमा उपभोग्य सामाग्रीको सन्दर्भमा उत्पादन, प्रोसेसिङ र उपभोक्तासम्म जाँदा राम्रो छ छैन ध्यान दिनुपर्ने बताए । उनले नीतिगत रुपमा स्पष्ट भएर जानुपर्ने सो अवसरमा बताए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण प्रसाद आचार्यले संविधानले दिएको खाद्य अधिकारको उपभोग आशा गरेबमोजिम पाउन नसकिएको बताए । उनले हामीहरुको अवस्था आयातीत वस्तुहरुबाट गुज्रिरहेकोले आत्मर्भिर उत्पादनमा नगएसम्म समस्या भईरहने बताए । सरकारले बन्द भएको उद्योगधन्दाहरुलाई पुर्नजिवन दिनसके र कार्यक्रमहरु उत्पादनमुखि हुनसके परनिर्भर हुनबाट जोगिन सक्ने ठाउँ रहेको उनको भनाई थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोईरालाले उपभोक्तालाई उत्पादनदेखि घरसम्म पुग्दाको अवस्थाको बारेमा सचेतना जगाउन आवश्यक भएको बताए । उत्पादनकर्ताले उपभोक्तामैत्री भएर स्वच्छ र स्वस्थ उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

उपभोक्ता हित संरक्षण गण्डकीका कपिलनाथ कोईरालाले उत्पादन भईसकेपछि वजारिकरणसम्मका गतिविधिहरुलाई नियमन र अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले सरकारी तथा गैरसरकारी सदस्यहरुको टोली बनाएर संगै अनुगमन गर्दै आईरहेको बताए । उनले सुधार भइरहेकाे बताए ।

यसअघि कार्यक्रममा सरिक भएकाहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले स्वागत गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निरीक्षक अशोक गौतमले संचमलन गरेको मूलसमापन समारोहको अध्यक्षतम सो कार्यालयका प्रमुख शिवजी वरालले गरेका थिए । साे अवसरमा उनले साउनबाट पाेखरामा प्रयाेगशाला स‌ञ्चालनमा ल्याउन लागेकाे जानकारी दिए ।