
काठमाण्डौं, २८ जेठ । ग्लोबल आइएमई बैंकले काठमाण्डौंमा नयाँ भवन बनाउने भएकाे छ । लाजिम्पाटस्थित उत्तरढोकामा रहेकाे बैंककाे जग्गामा नयाँ कर्पोरेट भवन बनाउन सम्झौता पनि भइसकेकाे छ ।
बैंकले डिजाइज बनाउनका लागि एक सम्झौता गरेको जनाएकाे छ। डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको हाे । साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटीका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंक देशका सबै क्षेत्रका जनता समक्ष बैंकिँङ सेवा दिन लागिपरेकाे छ। यसले ७७ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा संचालन गरिरहेकाे छ ।
यस्तै ५१ एक्सटेन्सन र राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित ८७५ सेवा केन्द्रबाट २९ लाख ग्राहकलाई सेवा दिइरहेकाे छ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



