ध्यानाकर्षण पत्र आएको भोलिपल्टै एसपीपी सम्बन्धी नेपाली सेनाको अर्को पत्र सार्वजनिक

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असार । नेपाली सेनाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागि हुनका लागि पठाएको पत्र बाहिर आएको छ ।

नेपाली सेनाले यो कार्यक्रमका बारेमा आईरहेका समाचारप्रति २०७९ असार १ मा ध्यानाकर्षण भएको पत्र सार्वजनिक गरेको भोलिपल्ट आज नेपाली सेनाको तर्फबाट सन् २०१५, अक्टुबर २७ तारिखमा तत्कालिन नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्रीले लेखेको पत्र सार्वजनिक भएको हाे।

२०१५, अक्टुबर २७ मा लेखिएकाे पत्र

बुधबार नेपाली सेनाले ध्यानाकर्षण पत्र सार्वजनिक गरेर संचारमाध्यममा चर्चामा आएको एसपीपी (Strategic Partnership Program) सम्बन्धी समाचारमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएकाे थियाे ।

यस्तै बुँदा नं २ मा एसपीपी सम्बन्धी कुनैपनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसंग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको जनाएको थियो ।

साथै नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशिलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोहि कसैसंग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको भनेर पत्रमा लेखिएकाे छ ।

नेपाली सेनाको असार १ गतेकाे ध्यानाकर्षण पत्र

बिहिबार सन् २०१५ अक्टुबर २७ मा त्यो बेलाका सेनापती राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको पत्र एकदिन पछि आज सार्वजनिक भएपछि यसको चासो बढेको छ ।

सन् २०१५ अक्टुबर २७ (२०७२ साल कार्तिक १०) मा प्रधान सेनापती राजेन्द्र क्षेत्रीले नेपालमा रहेको अमेरिकी राजदुतावासका तत्कालिन राजदुत अलाईना बी. टेप्लिजलाइ लेखेकाे पत्रमा सैन्य सहयोगका बारे लेखिएको छ । पत्रमा एसपीपीमा सहभागि हुने कुरा तथा सुरक्षा सहकार्यका बारेमा उल्लेख छ ।