
काठमाडौं, ५ असार । अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई वितरण गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस सफ्टवेयर प्रणालीमा राख्नुपर्ने भएको छ ।
बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई अभिकर्तालाई प्रदान गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस रकमलाई पारदर्शी बनाउन निर्देशन दिएको हो ।
समितिकाअनुसार अबदेखि १९ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्ने गरेको कमिशन र इन्सेन्टिभ रकम आफ्नो सफ्टवेयर प्रणालीमा राख्नुपर्ने उल्लेख छ ।
साउन १ गतेदेखि कम्पनीहरूले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा नै प्रत्येक बीमा अभिकर्ताहरूको कमिशन तथा इन्सेन्टिभ बोनस स्पष्ट रूपमा देखिने गरी भुक्तानी गर्नुपर्ने मिलाउनु पर्ने समितिद्धारा जारी निर्देशनमा उल्लेख छ ।
बीमा नियमावली २०४९ को नियम २३(१) बमोजिम बीमकले बीमा अभिकर्तालाई बीमाशुल्क रकमको आधारमा प्रदान गर्ने कमिशन र सोहि नियमावलीको नियमन २३(२) बमोजिम अतिरिक्त इन्सेन्टिभ बोनस प्रदान गर्दै आइरहेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/८० साउन १ गतेदेखि बीमा कम्पनीले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा निर्देशनअनुसारको भुक्तानी व्यवस्था मिलाउनु पर्ने छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




