काठमाडौं , ५ असार । नेपाल सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ। निगमकाअनुसार पेट्रोलको मुल्य २१ रुपैयाँले बढेर प्रति लिटर १९९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर १९२ पुगेको आयल निगमले बताएको छ।
त्यस्तै हवाई इन्धनको मुल्य मुल्य प्रति लिटर १९ रुपैयाँले बढेर प्रति लिटर १८५ र बाह्य इन्धनको मुल्य प्रति लिटर १०० डलरले बढेर प्रति लिटर १६४५ कायम गरिएको छ। बढेको मुल्य आज आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले बताएको छ। निगम संचालक समितिको आजको बैठकले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो।
पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ र मट्टीतेल र डिजेलमा प्रति लिटर २७ रुपैयाँले बढाउँदा पनि निगमलाई अझै ४ अर्ब ७० करोड मासिक घाटा रहेको निगमले जनाएको छ।






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



