
काठमाडौं, ९ असार । वैदेशिक व्यापारलाई सहज बनाउनका लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टल सञ्चालनमा ल्याइएको छ ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उद्योग मन्त्रालयका सचिव गणेश पाण्डे र ईयु नेपाल ट्रेड र इन्भेष्टमेन्ट प्रोग्राम नेपालका लागि राजदूत नोना डेप्रेजले उद्घाटन गरेका हुन् ।
सचिव पाण्डेले वैदेशिक व्यापारलाई सहजीकरण गर्नका लागि नयाँ इँटा थपिएको बताए । उनकाअनुसार कफी गाइडलगायत पोर्टलले व्यापारमा थप सहज बनाउनेछ । ‘नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा उच्च छ तर सो अनुसार निर्यात हुन सकेको छैन,’ उनले भने, ‘यी पोर्टलले कफी निर्यातमा सहज बनाउने छ ।’
यसले प्रयोगकर्तालाई आयात तथा निर्यातका भन्सार दरबन्दी, भन्सार दरमा कोटा, व्यापारमा प्रतिकार गर्ने नीति तथा व्यापार सम्झौताहरूको सूचनाको पहुँच गर्न, तुलना गर्न, विश्लेषण गर्न तथा डाउनलोड गर्नका लागि उपयोग हुने अपेक्षा गरिएको छ ।
पोर्टलमा थप गरिएको मार्केट एक्सेस म्यापको यो सुविधाले नेपाली उद्योगी, व्यापार, निर्यातकर्तलाई व्यापारसँग आवद्ध निर्णयहरू गर्नका लागि जटिल तथ्याङ्क पुनः प्राप्ति गर्ने एकद्वार सूचना केन्द्रको रूपमा काम गर्नेछ । म्यापबाट वस्तुको माग कस्तो छ, कुन देशमा कस्तो उत्पादन हुन्छ, कुन देशले बढी निर्यात गर्छ भन्ने सम्पूर्ण विवरण देखाउनेछ।
नन् ट्यारिफ प्रावधानहरू तथा व्यापार प्रवाहको विस्तृत विवरण डाउनलोड गर्न सक्नेछन् । यसमा कुन वस्तु कसरी निर्यात गर्दै आएका छन्, कसले के सुविधा पाएको छ भन्नेबारे पनि थाहा पाउन सक्नेछन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




