एमालेद्वारा पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध, सभागृह बाहिर नाराबाजी

-



     सफल आवाज    
     असार १० गते २०७९ मा प्रकाशित



पोखरा, १० असार । पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको हाे ।

नगर सभामा सहभागि एमाले जनप्रतिनिधिले बजेट पारित हुनुपहिलेनै रातो किताबमा प्रकाशन गरेकाे भन्दै विरोध गरेपछि बजेट भाषण अवरुद्ध भएकाे हाे ।

पाेखरा महानगरले आज साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ । मेयर धनराज आचार्यले किताब मस्यौदाकाे रुमा मात्र आएको र याे अन्तिम नभएको बताए । उपमेयर मञ्जुदेवी गुरुङले आफूलाइ थाहा नभएकाे बताइन् । उनले रातो किताब किन भनिएकाे हाे भनेर प्रश्न पनि गरेकी थिइन् ।

मेयरको कुरा असहमित जनाएका एमाले जनप्रतिनिधिहरु सभागृह बाहिर आएर नाराबाजी गरेका छन् ।

नगर सभामा एमालेकाे बहुमत रहेकाे छ । नगर सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाेले सभा बहिस्कार गरेकाे एमाले नगर सभा दलका नेता राधिका याेगीलले जानकारी दिएकी छन् । उनले गम्भीर त्रुटी भएकाेले यसलाइ सच्याउन माग गर्दै एमालेले नगर सभा बहिस्कार गरेकाे बताइन् ।