डलरको भाउ हाल सम्मकै उच्च

-



     सफल आवाज    
     असार १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ असार । शुक्रबार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ । नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

बिहीबार डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो ।

पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

यस्तो छ आजको विदेशी सटही दर