
काठमाडौं,१८ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक पनि डिजिटल करेन्सीकोअवधारणामा जानुपर्ने बताएका छन । उनले दक्षिण एसियाको साझा मञ्चमा आफुले यो बारेमा प्रस्ताव गरिसकेकाे समेत खुलाए ।
नेपाल बैंकर्स संघले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल करेन्सीको बारेमा ९० भन्दा बढि देशले अध्ययन गरिरहेको जानकारी दिँदै ठोस निष्कर्ष कसैले पनि निकालिनसकेको बताए।
डिजिटल करेन्सीबाट हतास हुनुपर्ने अवस्था नआउने भन्दै भौतिक मुद्रा हटेर भने गइनहाल्ने बताए। रातारात डिजिटल मुद्रा लागु त हुदैन तर डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक क्रमिक रूपमा लागेकाे गभर्नर अधिकारीले बताएका थिए।
डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको पनि सहयोग चाहिने बताउँदै उनले यसको बिश्वासनियता जोगाउनु चुनौतिपुर्ण रहेको बताए। यसमा कुनै कमजाेरी भएमा अर्थतन्त्र नै नियन्त्रण बाहिर जाने अवस्था आउन सक्ने तर्फ सचेत गराए ।
कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले केन्द्रीय बैंक डिजिटल करेन्सीका बारेमा प्रिजेन्टेशन दिएका थिए।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



