
पाेखरा, २१ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असार २४ र २५ गते पोखरा सभागृहमा सातौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको छ ।
मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर संघले विदेशमा अध्ययन गर्न चाहने आम नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सहि परामर्श दिन सातौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्न लागिएकाे जानकारी दिएको हो ।
विश्व अहिले ग्लोबल भिलेजको रुपमा विकास भईरहेको छ। विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा सहि सूचना दिईनु पर्छ भन्ने संघको मान्यता रहेको इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले बताए ।
विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले जानु अघि पर्याप्त मात्रामा जाने ठाउँको बारेमा, प्राप्त गर्ने शिक्षा, छात्रबृत्ति, सेवा सुविधा तथा वस्तुस्थितिको बारेमा जान्नु पर्ने तिवारीले बताए ।
हामीले पेशागत मर्यादाको पालना गर्दै विद्यार्थीलाई सहि परामर्श दिने हो । विदेश जानैपर्छ भन्ने छैन तर जान चाहनेका लागि पछि अफ्ठेरो आउन नदिनका लागि पहिलेनै परामर्शको खाँचोलाई बोध गरेर उनीहरुको हितका लागि काम गरिएको उनले बताए ।
गण्डकी प्रदेशको ठूलो शैक्षिक मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु रहनेछन् । अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, जापान, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, दक्षिण कोरीया र भारत लगायतका देशका कलेज, विश्वविद्यालयका आधिकारीक प्रतिनिधिको उपस्थिति हुने भएको छ ।
मेलालाई नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी भएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्रदान गरिएको छ ।
दुईदिने मेलामा शैक्षिक परामर्शको क्षेत्रमा लामो समय खर्चिएका अनुभवि परामर्शदाताहरुका ४० स्टल रहने मेलाका संंयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
पौडेलले मेलामा रहने ति स्टलबाट विद्यार्थीले जानका चाहेको देशको विद्यार्थी भिषा नीति, चूनौती र आवश्यक प्रभावकारी सूचनाहरुको परामर्श निःशुल्क पाउने बताए ।
मेला पिटिईको प्रस्तुतिमा हुन लागेको छ । यसको टाईटल स्पोन्सरमा इन्टररनेशनल कलेज अफ एप्लाईड साईन्स (आईकास) रहेको छ । एसोसिएट स्पोन्सरमा र्यान फोर्ड कलेज, अष्ट्रेलियाले सहयोग गरेको छ । मुख्य प्रायोजनमा आइईडियू ग्रुप अष्ट्रेलिया रहेको छ ।
मेलामा सहभागि हुने विद्यार्थी तथा कुरा बुझ्न आउने अभिभावकलाई उत्सुकता लागेको विषय, शिक्षा नीति, शैक्षिक क्षेत्रमा भएका परिवर्तन, बाह्य देशको भाषा, संस्कृति, रहनसहन, वातावरण, समाज, कलेज वा विश्वविद्यालयमा लाग्ने शुल्क, स्वास्थ्य बीमा, अध्यागमन शुल्कलगातका विषयमा आधिकारीक रुपमा जानकारी दिईने भएको छ ।
कार्यक्रममा आइकासका प्रबन्ध निर्देशक समिर थापा, कमल वराललगायतले बोलेका थिए । शैक्षिक मेला र शिक्षाका बारेमा पत्रकारले सोधेका प्रश्नहरुको जवाफ अध्यक्ष तिवारीले दिएका थिए ।
इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष शाहीले गरेका थिए ।








काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



