आइतबार सार्वजनिक बिदा, सेयर बजार, बैंक तथा वित्तीय संस्थामा काराेबार नहुने

-



     सफल आवाज    
     असार २५ गते २०७९ मा प्रकाशित



काठमाडौं २५, असार । नेपाल सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिएकाे छ । उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) भएकाेले सार्वजनिक बिदा दिने निर्णय भएकाे हाे ।

बकर इद असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।

सरकारकाे याे निर्णयसँगै सबै सरकारी कार्यालयहरु लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु आइतबार बन्द हुने भएका छन् ।