
काठमाडौं, २६ असार । एमजी मोटर्सले नयाँ इलेक्ट्रिक कार छिट्टै सार्वजनिक गर्ने भएको छ। युरोपेली कार कम्पनी एमजी मोटर्सले शूररुमा यूराेपमा सार्वजिनक गर्ने र त्यसपछि अन्य देशमा पठाउने भएकाे छ ।
इलेक्ट्रिक गाडीकाे प्रतिष्पर्धि बजारमा एमजीकाे गाडी यूराेपमा आगामी सेप्टेम्बरमा सार्वजनिक हुनेछ। नयाँ इलेक्ट्रिक कार एमजी४ ईभीका फाेटाेहरु प्रकाशमा ल्याएकाे छ। यस गाडीले सचालनमा रहेका किआ ईभी६ र भोल्सवागेनको आईडी.३ संग चुनाैतीकाे सामना र प्रतिस्पर्धा गर्नुपर्ने छ ।
यस गाडीका माइलेज ४०० किलोमिटरभन्दा बढीको रेन्जकाे रहेकाे छ । एक पटक चार्ज गरेपिछ ४३२ किलोमिटरकाे यात्रा गर्न सक्नेछ । तत्काल यस गाडीकाे बजार मूल्य भने प्रकाशमा ल्याएकाे छन् ।
एमजी४ ईभीको लुक्स पनि राम्राे रहेकाे छ। एलोय ह्विल, एलईडी हेडल्याम्प र डीआरएलले गाडीका साैखिनहरुला मख्ख पार्नेछ । ब्ल्याक ग्लास रुप, एलईडी टेल लाइट, एलोय ह्विल र रियर बम्परमा स्किड प्लेट रहेकाे छ।
यस गाडीमा ४४३ बीएचपीको डुअल मोटर रहेकाे छ । कार १६७ बीएचपी र २१० बीएचपीमा हुनेछ । यसकाे प्रतिघन्टाकाे गति ०–१०० किमी हुनेछ । हाइयस्ट गति प्रतिघन्टा १६० किमी रहेकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




