
काठमाडौं, २७ असार। नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि शुरू भएकाे छ। दुई बैंक मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ काे नामबाट एकीकृत कारोबार आजबाट शुरू भएको हो ।
नेपाल राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ ।
त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आज (असार २७ गतेदेखि) एकीकृत रुपमा नबिल बैंकको नामबाट शुरू हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ।
यही असार १५ गते राष्ट्र बैंकको सञ्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । स्वाप रेसियो १००:४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको छ।

अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ । मर्जरपछिको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भइसकेका छन् ।
२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ । त्यसैगरी कर्जा विस्तार ३ खर्ब ९ अर्ब र निक्षेप ३ खर्ब २० अर्ब रुपैयाँ पुग्ने बताइएकाे छ ।
एनबीलाई प्राप्तिपश्चात् ९ महिनाको संयुक्त खुद नाफा ४ अर्ब ४६ करोड रुपैयाँ हुनेछ। एनबीकाे प्राप्तिपछी वाणिज्य बैंकहरुमध्ये निक्षेप, कर्जा, गैरव्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा नबिल सबैभन्दा ठुलाे बैक हुने दाबी गरेकाे छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




