
पाेखरा, २८ असार । स्वास्थ्य समस्या कसैलाई आईनपरोस् । अझ मुटुको समस्या त कसैलाई नहोस् यो हाम्रो कामना हो । मुटुको धडकन छ त जीवन छ नत्र छैन । अझैं भनौं मानिस स्वस्थ भईरहनु पर्छ र स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ । यदी यसो हो भने स्वस्थ नागरिक भएको त्यहि देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो नकार्ला ?
मानव शरिर हो कतिबेला के के आईपर्छ । सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मिले दिएको परामर्शलाई लागू गर्नुपर्यो । सजगता अपनाउँदा अपनाउँदै पनि स्वास्थ्य समस्या आई हाल्यो भने द्रुत गतिमा उपचारका लागि स्वास्थ्य संस्थामा जानु पर्यो ।
मानिसमा धेरै प्रकारका स्वास्थ समस्याहरु देखिने गर्छन् जसको उपचार तत्काल हुन पाएन भने ज्यान जोखिममा पर्न सक्छ । एउटा प्रमुख हो मुटुको समस्या । यो समस्या देखिएको ३० मिनेटमा डाक्टरसम्म पुग्न सकियो भने विरामीलाई जोखिमबाट मुक्त गराउन सक्ने संभावना बढी हुन्छ । ढीलो भईहाल्यो भने ९० मिनेटसम्मको अवधिलाई संभावनायुक्त मानिन्छ ।
अन्य रोगहरुभन्दा भिन्दै र संवेदनशिल छ मुटुको उपचार । यसको उपचारको लागि गण्डकी प्रदेशवासीलाई पहिले पोखरा बाहिर उपचारको लागि जानुपर्ने, खर्च पनि उत्तिकै हुने र हेलिकोप्टरकै सेवा लिनु पर्यो भने पनि डेड लाख त जुटाउनै पर्यो । अनि भन्ने बित्तिकै पैसा कहाँबाट जुटाउने, जुटाईहाले पनि खर्च त भयो । अझ पैसा नहुनेका लागि के ? अवस्था गम्भिर छैन त ? हो यसैको आवश्यक्ता परिपूरणका लागि अगाडी सर्यो रोटरी क्लव अफ पोखरा र यहाँका सबै रोटरी क्लवहरुको संयुक्त प्रयासमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना र जडान गरियो क्याथ ल्याव ।
क्याथ ल्याव मुटुका समस्या भएकाहरुको जाँचका लागि गएको माघमा जडान भएपछि अब यसको औपचारिक उद्घाटनको चरणमा आएको छ । मुटुको उपचारका लागि जडान गरिएको क्याथ ल्यावाट एन्जिओग्राम, एन्जियोप्लाष्टि र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिन्छ । यो आधुनिक अमेरिकी उपकरण हो । जो आईजिएस ३२० अप्टिमा ब्राण्डको रहेको छ ।
विशुद्ध नागरिकको स्वास्थ्य सेवाका लागि हामीले सन् २०१८ मा क्याथ ल्याव जडानको अवधारणा बनायौं । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हामिबीच “रोटरी मुटु उपचार केन्द्र” परियोजना पोखराको नाममा सम्झौता पनि भयो । त्यसपछि लगातारको प्रयास जारि रह्यो । मेसिन खरिदका लागि हामीले आवश्यक रकम संकलनतिर लाग्यौं । यसमा देश विदेशमा रहेका रोटरी क्लवहरुको प्रमुख हात छ । रोटरी डिष्ट्रिक तथा रोटरी फाउण्डेशनले सघायो । जसबाट हामीले ४ करोड ७८ लाख संकलन गर्न सक्यौं । यसमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थपिएको खर्चसहित जम्मा यो परियोजनाका लागि साडे ५ करोड खर्च भएको छ ।
रकम संकलनमा नेपालका ८ रोटरी क्लवबाट २ करोड, विदेशी क्लवबाट १ करोड, चारवटा रोटरी अन्तराष्ट्रिय डिष्ट्रिकबाट करिब १ करोड रहेको छ । यसमा द रोटरी फाउण्डेशनसहितको गरेर ४ करोड ७८ लाख र प्रतिष्ठानबाट थपिएको गरेर साडे ५ करोड लागत रहेको छ ।
सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याव जडान
पोखरामा क्याथ ल्याव जडान गर्नुको एउटै उदेश्य सबैका लागि मुटुको समस्याबाट ज्यान जोखिममा पर्न नदिन र स्वस्थ बनाउनकै लागि हो । यहाँबाट कयौं रकम खर्च गर्न काठमाडौं वा बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न नै हो । सबैभन्दा ठूलो कुरा नागरिकको स्वस्थताकै लागि हो । सबै प्रदेशबासीलाई सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याव जडान अहिले उद्घाटनको चरणमा आईपुग्नु गौरवको कुरा पनि हो ।
पश्चिमाञ्चल अस्पतालमा अहिले मुटु रोग विशेषज्ञका रुपमा तीनजना डाक्टरहरु रहेका छन् । सबै कुराको काम हुने भएपनि अप्रेसनको कामको लागि विशेषज्ञ सर्जनको लागि तत्काल अस्थायी रूपमा व्यवस्था गरिएकाे छ । तर, यस्काे दीर्घकालिन व्यवश्थाकाे खाँचाे छ । यसको व्यवश्या छिट्टै होला आशा गरौं ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्यावको यहि असार ३० गते उद्घाटन गर्न लागिएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ, गण्डक प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, रोटरी इन्टरनेशनल वर्ष २०२१÷२०२२ का अन्तराष्ट्रिय अध्यक्ष शेखर मेहता आउने कार्यक्रम रहेको छ । सोहि दिन रोटरी क्लव अफ पोखरा र सबै रोटरी क्ल्वहरुको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्यावको संयुक्त रुपमा हस्तान्तरण हुनेछ ।
यस क्याथ ल्याव स्थापनाका लागि एउटा संयोजकको भूमिकामा रहेको नाताले अब पोखरालाई संघीय राजधानीपछिको सुविधा सम्पन्न अस्पताल र अध्ययन केन्द्र बनाउनका लागि यो कार्यले मीयोको रुपमा काम गर्ने आवश्यक्ता बोध गरिएको छ । अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीकाे पढाइ शुरू भएकाे छ भने डिएम, एबिबिएसको पढाई पछि शुरु हुने लक्ष्य छ । यसलाई हामीले स्वास्थ्य उपचार केन्द्रका रुपमा मात्रै नलिएर स्वास्थ्य क्षेत्रको अध्ययन, अनुसन्धानको केन्द्रको रुपमा पनि लिएका छौं ।
७ वोटा क्लवको तर्फबाट समितिमा बाबुराम बराल, माधव प्रसाद सिग्देल, बिनोद प्रसाद हेज्यू, बिश्वप्रसाद कर्माचार्य, बाबुराम पाठक, जयराम पौडेल र अब्राहम खान रहेका छन् ।
यस्तै रोटरी क्लब अफ पोखरा सहायोग समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल, रामचन्द्र थापा, उदिप श्रेष्ठ, मीनु श्रेष्ठ कुँवर, राजेन्द्र श्रेष्ठ, जितेन्द्र सिग्देल, बिनयकुमार श्रेष्ठ, कपिल किरण श्रेष्ठ र सल्लाहाकार किरणलाल श्रेष्ठ रहेका छन् ।
क्याथ ल्यावसंग सम्बन्धित फाेटाेहरू :
लेखक-बाबुराम वराल : रोटरी क्लव अफ पोखराका पूर्व अध्यक्ष तथा रोटरी मुटु उपचार केन्द्र परियोजनाका संयोजक हुन्








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




