
काठमाडौं, २८ असार । गरिमा विकास बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसरमा बृहत बृक्षरोपण कार्यक्रम समपन्न गरेकाे छ। वढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबर्धन गर्ने हेतुले यस विकास बैंकले बृहत बृक्षरोपण कार्यक्रमको आयोजना गरेको बताइएकाे छ।
आज २८ गते मंगलबार टोखा नगरपालिका २ काे टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बृहत बृक्षरोपण कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु रोपिएको थियो ।
उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य गरेका थिए । सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विकास बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाकाका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको जनाइएकाे छ ।
विकास बैंकले हाल देशभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बितिय सेवा प्रदान गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



