
काठमाडौं, ३१ असार । रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको छ । नेपाल र चीनका अधिकारीहरूबीच बिहीबार भएको भर्चुअल छलफलमा कोभिड प्रोटोकलसहित नाका खुलाउने सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा रसुवागढी नाका खोल्नेबारे नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एशिया डिभिजन प्रमुख लोकबहादुर थापा र चीनकातर्फबाट सीमा विभागका निर्देशक हङ लिङले सहमति जनाएका हुन् ।
सहमतिमा कहिलेदेखि नाका सञ्चालनमा ल्याइने भन्ने खुलाइएको छैन । २०७७ भदौ १६ मा नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द चिनियाँ पक्षले बन्द गराएको थियो । २९ माघमा २०७७ मा एकतर्फी रुपमा नाका चीनले खुला गरेको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




