अब रहेनन् अग्रज कविवर तेजनाथ घिमिरे

-



     सफल आवाज    
     असार ३२ गते २०७९ मा प्रकाशित



पोखरा, ३२ असार । अग्रज कवि तेजनाथ घिमिरेको आज बिहान निधन भएको छ । उनकाे बिहान २ बजेर १२ मिनेटकाे समयमा उनको निधन भएको छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं ३ नदीपुर मार्ग निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उनलाई अक्सिजन दिएर घरमै रखिएकाे थियाे ।

कविवर घिमिरेकाे ८३ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, ५ छोरा, २ छोरी छन् । उनको आजै तुलसीघाटमा अन्त्येष्टि गरिएकाे छ ।

लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए । नेपाली कांग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्ष समेत रहेका घिमिरेका ३ वटा कविता संग्रह प्रकाशित छन् । घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत हुन् ।

तपाँइ काे भनि साेध्छन् काे भनेर चिनिन्छु म

थाहा छैन मलाइ नै मुखभित्रै थुनिन्छु म………।

कविवर घिमिरेकाे कविताकाे छाेटाे अंश उहाँकै आवाजमाः