
पोखरा, ३२ असार । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) पोखरा र प्रदेश नं १ का महिला पर्यटन व्यवसायी बीच अनुभव आदान प्रदान सहित पर्यटन प्रवद्र्धनका व्यावसायिक विषयमा छलफल भएको छ ।
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउने आर्थिक सशक्तिकरणसँगै गण्डकी प्रदेश पोखरा र प्रदेश नं १ का बीच सम्बन्ध स्थापित गर्ने उदेश्यले पोखराबाट अध्यक्ष र सल्लाहकार सहित पुगेको टोलीले प्रदेश नं १ मा पर्यटन प्रवद्र्धन केन्द्रित कार्यक्रम गरेको हो ।
कार्यक्रममा इलाम नगरपालिका प्रमुख केशव थापाले पर्यटकीय स्थल पोखराबाट इलामले पर्यटन प्रवद्र्धनमा लागि धेरै कुरा सिक्न सक्ने जनाउँदै व्यवसायिक महिलाको अनुभव आदान प्रदान प्रभावकारी हुने धारणा राखे । पर्यटनका लागि प्रचार प्रसारको आवश्यता औल्याउँदै समन्वयकारी भूमिका खेल्न ओटेफलाई आग्रह गरे ।
उपप्रमुख विष्णुमाया दाहाल लिम्बुले महिला सशक्तिकरणका लागि आर्थिक सशक्तिकरणको आवश्यता औल्याउँदै पूर्वका महिलाहरु उत्पादनमा अगाडि रहेको बताइन । उनले कर्ममा विश्वास गरेर निरन्तर अघि बढे एकदिन मुल्यांकन हुने सफल भइने जनाउँदै महिलाहरुले आफ्नो मेहनत र लगनशिलतालाई त्याग्न नहुने धारणा राखिन् । नगरपालिकाले महिलाको क्षमता विकास र सीप विकासका लागि बजेट छुटाएको जानकारी गराइन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारीणी सदस्य कृष्ण शाहले गण्डकी र प्रदेश १ का महिलाबीच अन्तरक्रियात्मक एवम क्षमता विकास कार्यक्रमले पर्यटन प्रवद्र्धन साथै पूर्वमा उत्पादित सामानको प्रचार प्रसार र बजारिकणाम टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रकृतिको अनुपम वरदान पाएको पूर्व प्राकृतिकसँगै सांस्कृतिक एवम धार्मिक रुपमा समेत प्रसिद्ध रहेको बताए ।
नगर पर्यटन परिषदको आयोजना, नेपाल पर्यटन बोर्ड नेपालको प्रवद्र्धन र इलाम नगरपालिकाको सहयोगमा सञ्चालित प्रदेश स्तरीय कार्यक्रममा प्रदेश नं १ का ६ जिल्लाका व्यवसायिक महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले पूर्वमा उत्पादन गरेका सामानहरुको प्रवद्र्धन गर्न पोखरा उपयुक्त गन्तब्य भएको र समन्वय गर्न पोखराका व्यवसायी महिलालाई अनुरोध गरेका थिए ।
इलाम चियासँगै प्रदेश एकमा अलैचि, अदुवा, आलु, अम्रिसो, अर्थोडक्स, किवि, चिज, छुर्पी, ललिपपले प्रसिद्ध रहे पनि उचित बजार व्यवस्थापन अभाव रहेको सहभागीको भनाइ थियो । पूर्वका उत्पादित सामानलाई कोशेलीको रुपमा ब्राण्ड गर्न साझेदारिको खाँचो रहेको उनीहरुको भनाइ थियो ।
महिला पर्यटन व्यवसायी मञ्च ओटेफ पोखराकी अध्यक्ष पार्वती पाण्डेले पोखराको पर्यटन र महिला पर्यटन व्यवसायीको अवस्थाको बारेमा जानकारी संगै पूर्वको उत्पादनलाई पोखरामा प्रवद्र्धन गर्नका लागि पहल गर्ने बताइन । ओटेफकी सल्लाहकार देवका पहारीले पर्यटन क्षेत्रका आफ्ना अनुभवसँगै पश्चिम र पूर्व बीचको सम्बन्धलाई मजबुत बनाएर उत्पादनलाई प्रवद्र्धन गर्न समन्वयकारी भूमिका खेल्ने बताइन् ।
सो अवसरमा ओटेफ पोखराको पहलमा महिला पर्यटन व्यवसायी मञ्च –प्रदेश नं १ समेत गठन गरिएको थियो । प्रदेश १ को अध्यक्ष सुशिला सापकोटा र उपाध्यक्ष दिब्या भटराई, ललिता प्रसाइ र महासचिव शारदा उप्रेति पराजुली, सचिव स्तुती श्रेष्ठ, कोषाध्यक्ष रोमी पौडेल सहित २० सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा नगर पर्यटन परिषदका इलामका अध्यक्ष प्रकाश अधिकारीले पोखरा पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्रका महिला र पूर्वका पर्यटन व्यवसायी महिला बीच अनुभव आदानप्रदानले प्रदेश १ र पोखरा बीचको सम्बन्ध प्रगाढ हुनुका साथै व्यावसायिक साझेदारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्माले पर्यटनमा महिलाको अवस्था र नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएकी थिइन् ।







काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



