
काठमाडाैं, २ श्रावण । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्स लि.का ग्राहकहरुलाइ डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ ।
आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईँ तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सीडिएससिका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताए ।






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



