
पाेखरा, २ साउन । लोफा पोखराकाे स्थापना समारोह सफलतापूर्वक सम्पन्न भएकाे छ । उपाध्यक्ष निर्देश सुवेदीले स्वागत मन्तव्य दिएपछि सञ्चालक समितिका सदस्य, केन्द्रीय सदस्य तथा साधारण सदस्यहरूबाट सपथ ग्रहण समारोह भएकाे थियाे ।
समाराेहमा अध्यक्ष आयुष अधिकारीले वार्षिक योजना(२०२२/२३)प्रस्तुत गरेका थिए । त्यसैगरी अध्यक्ष र सहसचिवले प्रमुख अतिथि, विशेष एवम् विशिष्ट अतिथिहरुलाई मायाको चिनो दिए । मूल टोली सदस्य अदिती पौडेलकोतर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।
यसरी कार्यक्रमको समापन पछि मनोरञ्जनात्मक कार्यक्रम सहितको अनौपचारिक सत्रको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित सबै सदस्यहरुलाई खाजा प्रदान गरी कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।
सञ्चालक समिति र मुख्य टोलीका सदस्यहरू सँगै र छुट्टाछुट्टै बैठकमा संलग्न भए । अदिती पौडेलले जितेको इन्स्टाग्राम फोटोसुटको पुरस्कार वितरण सम्बन्धी छलफल गरिएको थियो।
कार्यक्रमको कमी र कमजोरी एवम् विशेषता सम्बन्धी टीका टीप्पणी पनि गरियो। कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने रणनीतिका बारेमा छलफल गरी निष्कर्षमा पुगेकाे र उक्त समारोह १६ जुलाइमा सभ्य र भव्य रुपमा समाप्त भएकाे संस्थाले जनाएकाे छ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




