टाटाको विङ्गर बीएस ६ नेपाली बजारमा

-



     सफल आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ साउन । सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘प्रिमियम टफ’ ढाँचामा तयार पारिएको यो गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त रहेको बताएको छ ।

कम्पनीका अनुसार विङ्गर बीएस ६ व्यापार व्यवसायको उन्नति गर्न चाहने ग्राहकका लागि बढी उपयुक्त रहेको छ । यसमा २.२ लिटरको डाइकोर इन्जिन रहेकाले प्रभावकारी टर्क, ईको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यो गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ ।

यसैगरी हाइड्रोलिक शक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन तथा मोनोकक च्यासिसजस्ता विशेषता भएकाले विङ्गर बीएस ६ ले सुखद् र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको भनाइ छ ।