
काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर तथा १ हजार ५०० जनाको एन्टिजेनसहित ३ हजार ३२८ जनाको परीक्षण गरिएकामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो आँकडासँगै कोरोनाका सक्रिय संक्रमित १ हजार ९८२ तथा कुल संक्रमित ११ लाख २३ हजार १५० पुगेका छन् । सक्रिय संक्रमितमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा तथा १ सय १७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् । उक्त अवधिमा कोरोनाबाट कसैको पनि ज्यान नगएको र ६२ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




