
काठमाडाैं, ५ साउन । नेपाल राष्ट्र बैंकले मस्यौदा गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङ प्रधानमन्त्रीसमक्ष आज हुने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउबाले मौद्रिक नीतिको ब्रिफिङका लागि आजको समय दिएकाे बुझिएको छ।
साउनको शुरुमै सार्वजनिक हुने भनिएको मौद्रिक नीति ब्रिफिङका लागि प्रधानमन्त्री देउबाले समय नदिएकाले अगाडि बढ्न सकेको थिएन। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केही दिन अघि मौद्रिक नीति तयारीको अवस्थामा रहेको तर ब्रिफिङको समय नमिलेकाले कहिले सार्वजनिक हुन्छ भन्ने यकिन नभएको बताएका थिए।
गभर्नरले अर्थमन्त्रीसमक्ष ब्रिफिङ गरेपश्चात् केन्द्रिय बैंकको सञ्चालक बोर्डबाट पास भएपछि मौद्रिक नीति सार्वजनिक हुने व्यवस्था छ। हाल अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउबाले नै सम्हालेकाले आजको ब्रिफिङले मौद्रिक नीति छिट्टै सार्वजनिक हुने संकेत देखाएको छ।
बढ्दो मुद्रास्फिर्ति तरलता अभाव, आयातमा कडाई, घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थामा आउन लागेको मौद्रिक नीति आर्थिक सूचकहरुलाई सकारात्मक दिशामा लैजानसक्ने खालको हुनुपर्ने व्यवसायीहरुको अपेक्षा छ। केन्द्रीय बैंकले भने मौद्रिक नीति कसिलो खालको आउनसक्ने संकेत गरेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




