
काठमाडौं, ५ साउन । नेपाल चेम्बर अफ कमर्सले पुँजीबजारको विकासका लागि सरोकारवाला सरकारी निकायलाई नीतिगत सुझाव दिएको छ ।
पुँजीबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डलगायतका सरकारी निकायलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल जानकारी दिए ।
मल्लका अनुसार विभिन्न कारणले पछिल्लो समय पुँजीबजार धरासायी बन्दै गएको र लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गर्नुपरेको हो ।
चेम्बरले धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरी अन्तराष्ट्रिय स्तरमा प्रचलनमा रहे बमोजिम विभिन्न कोषहरु सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।
धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याउँदा त्यसबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लाभान्वितबाट लिइने व्यवस्था गरी धितोपत्र औजारको विविधिकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरको सुझाव छ ।
धितोपत्र बजारका पूर्वाधारहरुको उचित व्यवस्था गरी अन्तरराष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र औजारहरु जारी गर्न सक्ने व्यवस्था तत्काल गर्न समेत चेम्बरले धितोपत्र बोर्ड समक्ष आग्रह गरेको छ ।
अध्यक्ष मल्लले मौद्रिक नीति सार्वजनिक गर्नुअघि पुँजीबजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गरिएको छुट्टै तीन बुँदे सुझाव राष्ट्रबैंकलाई दिइएको बताए । यस्तै छुट्टै १० बुँदे सुझाव दिँदै चेम्बरले अन्तराष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने बताएको छ ।








चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
इलाम, ५ मङ्सिर। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ । पर्यटन प्रवर्द्धन… 




