
काठमाडौं, ८ साउन । गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमाथि विभिन्न सरोकारवालाहरुको प्रतिक्रिया आउने क्रम जारी छ। अधिकांश व्यवसायीहरुले मौद्रिक नीति मिश्रित खालको रहेको प्रतिकृया दिँदै आइरहेका छन्।
बैंक तथा वित्तीय संस्थाले परिस्थितिजन्य र सेयर बजारका सरोकारवालाहरुले सकारात्मक रहेको टिप्पणी गरेको मौद्रिक नीतिलाई व्यवसायीहरूले भने बाध्यताले सन्तोषजनक भएको विचार व्यक्त गरेका छन् । राष्ट्र बैंकले यसअघि भने झैं कसिलो रुपमा ल्याएको मौद्रिक नीतिले केही विषयमा कडाई गरेको तर अन्य धेरै क्षेत्रमा अपेक्षित रुप्मा कडाई नगरेका कारण सन्तोषजनक मान्न सकिने व्यवसायीहरुको धारणा छ ।
यस सम्बन्धमा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी पशुपति मुरारकाले बजारमा केही दिन अघिदेखि मौद्रिक नीति कडा आउने भनेर त्रास फैलाइएको तर उद्योगीले सोचेजति कडा नआएको बताए ।
उनले विषम अर्थतन्त्रका बिच आएको मौद्रिक नीतिले अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेकोले आत्तिनुपर्ने अवस्था नहुने टिप्पणी गरे । तर बैंकको ब्याजदर बढ्ने, कर्जामा कडाईजस्ता केही व्यवस्थाले भने निजी क्षेत्रलाई केही प्रभाव पक्कै पार्ने उनको भनाइ छ।
उनले धेरै गुनासो नगर्ने इंगित गर्दै भने, ‘परिस्थितिजन्य मौद्रिक नीतिमा धेरै के गुनासो गर्नु, अर्थतन्त्र सहज भइदियो भने अरू कुरा बिस्तारै सहज हुँदै जान्छ ।’ उनले सेयर बजारको ४/१२ को क्यापमा ४ को खारेजीले सबैखाले लगानीकर्तालाई समेटेको बताउँदै सबैलाई लगानीका लागि वातावरण सहज हुने पनि उल्लेख गरे ।
मौद्रिक नीतिकै बारेमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका लागि भने खासै अपेक्षाकृत रुपमा नआएको बताए । ‘मौद्रिक नीतिले निजी क्षेत्रलाई सहज बनाउनेतर्फ सोचेको देखिएन’, अध्यक्ष मल्लले भने। मौद्रिक नीति कसिलो खालको भएकाले निजी क्षेत्रले राहत पाउन नसकेको उनको विचार छ।
उनको विचारमा मौद्रिक नीतिले उद्योग व्यवसायमा कडाई गरेकोले समग्र आर्थिक अवस्था तथा निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ । तर मौद्रिक नीतिमा साना लगानीकर्ता र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिनुलाई भने सकारात्मक रुपमा लिए । उनले भने,‘कृषि तथा उत्पादनशील क्षेत्रमा मौद्रिक नीतिले देखाएको चासो सकारात्मक छ।’
यसो भन्दै गर्दा मौद्रिक नीतिको कार्यान्वयन हुनेमा उनले शंका व्यक्त गरे । विगतमा पनि नीति आउने तर कार्यान्वयन फितलो हुने प्रवृत्ति देखिएकामा सोही क्रमले निरन्तरता नपाउला भनेर ढुक्क हुने ठाउँ नरहेको उनको आशय छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



