४ विजेतालाई मोटो जीपी, २०२२ हेर्न थाइल्याण्ड लैजाँदै यामाहा

-



     सफल आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ साउन । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक यामाहा नेपालले चार विजेतालाई चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जीपी, २०२२ प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।

गत ९ गतेदेखि ‘रोड टू मोटोजीपी’ नामक योजनाअन्तर्गत यामाहाको कुनै पनि आधिकारिक शोरूममा गएर फारम भर्ने मोटरसाइकल र स्कूटर खरिदकर्तामध्ये लक्की ड्रमार्फत मोटरसाइकलतर्फका १ र स्कुटरतर्फका ३ जना विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘रोड टू मोटीपी’ योजना यामाहा नेपालले मोटरसाइकलप्रेमीहरूलाई मोटोजीपी प्रतियोगिता प्रत्यक्ष हेर्दाको दुर्लभ अनुभव प्रदान गर्ने उद्देश्यले मोटोजीपीसँग समन्वय गरी ल्याएइएको हो। चारै जना भाग्यशाली विजेताहरूका लागि सो भ्रमण अवधिभर खाने बस्नेलगायतका बन्दोबस्ती कम्पनीले नै गर्ने बताइएको छ ।

गत असार ९ गते कम्पनीले काठमाडौंको जेनेसिस क्याफेमा स्पोर्ट्स बाइक आरवान १५ एमको सार्वजनिक गर्ने क्रममा ‘रोड टू मोटोजीपी’ योजना पनि सार्वजनिक गरेको थियो। यो योजना साउन मसान्तसम्म जारी रहने र यसमा भाग लिनका लागि उक्त मितिभित्र कम्पनीको आधिकारिक शोरूममा आएर फारम भरिसक्नु पर्ने कम्पनीले जनाएको छ।

यो संस्करणको मोटोजीपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा आगामी भाद्र १४–१७ सम्म हुँदैछ । योजनाको लक्की ड्र कार्यक्रम भाद्रमा हुने बताइएको छ ।