सिप्रदीको ‘लोकोन्याभ’ सफ्टवयर बजारमा

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ साउन । सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नामक सफ्टवयर बजारमा ल्याएको छ । लोकोन्याभ धेरै गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्‍याउने उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन भएको कम्पनीले जनाएको छ।

लोकोन्याभको मुख्य उपयोगिता गाडी कहाँ पुगेको छ भनेर ट्र्याक गर्न, ट्रयाकिङ, इन्धन कति छ भनेर सुपरिवेक्षण गर्न तथा भिडियो टेलिम्याट्रिक्सका लागि रहने बताइएको छ ।

‘सिप्रदी ट्रेडिङ्गले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ। यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,’ सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए।

लोकोन्याभ प्लेटफर्ममार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यसै सम्बन्धमा लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले आफूहरु नेपाल जस्तो आर्थिक रुपले उदीयमान बजारमा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।