
काठमाडौं, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।
समूहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाऊँ भनी सन्देश प्रवाह गरे । उनीहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आह्वानसमेत गरे।
‘अमेजिङ नेपाल’ नाम दिएर आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जनभन्दा बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो । समूहका अध्यक्ष वन्तले समूह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउने क्रममा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिए।

समूहले बङ्गलादेशको फोटो जर्नालिष्ट एसोसिएशनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो । समारोहमा बङ्गलादेश फोटो जर्नालिष्ट एसोसिएशन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेन लगायतका पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बङ्गलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताए। उनले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिए।
नेपालको राष्ट्रिय फोटो पत्रकार समूह र बङ्गदालेश फोटो जर्नालिष्ट एसोसिएशनबीच भाइचारा सम्बन्ध कायम रहेको र सामूहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएका छन् । समूहको रजत महोत्सवका अबसरमा समूहले वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने अध्यक्ष वन्तले जानकारी दिए।






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



