
काठमाडौं, १० साउन । नयाँ आर्थिक वर्षको पहिलो साता साउनमा वाणिज्य बैंकहरूको ६३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो ।
असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको हो।
यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुले असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर साउन पहिलो सातामा कर्जा लगानी कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ ।
वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.७५ प्रतिशत छ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै एक सातामै एक्कासी प्रणालीबाट ६३ अर्ब रुपैयाँ निक्षेप घटेपछि धेरैलाई चासोको विषय बनेको छ ।
नयाँ आर्थिक वर्ष शुरू भएसँग नियामक नेपाल राष्ट्र बैंकले केही सहुलियत तथा नियामकीय सुविधाहरू फिर्ता लिएपछि निक्षेपमा भारी गिरावट देखिएको बैंकर्सहरू बताउँछन् ।
असारमसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने दबाबले पनि बैंकहरुको कर्जा र निक्षेप घटेको देखिएको हो । यस्तै, यसअघि बैंकहरूले आफूले संकलन गरेको निक्षेपमा ऋणपत्रसमेत जोड्न सक्ने प्रावधान थियो ।
तर, अब बैंकहरुले ऋणपत्रलाई पुँजीमा मात्रै ऋणपत्रलाई गणना गर्न पाउने नियामकीय व्यवस्थासँगै निक्षेप घटेको देखिएको हो । बैंकहरुले करिब १ खर्ब रुपैयाँ बराबरको ऋणपत्रलाई निक्षेपका रुपमा गणना गर्दै आएका थिए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




