मन्दाकिनी हाइड्रोपावरको आईपीओका लागि पर्यो ८ लाखभन्दा बढी आवेदन

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडौ, ११ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले जारी गरेको आईपीओका लागि ८ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले यही साउन ९ गतेदेखि जारी गरेको आईपीओमा मंगलबार सम्म ८ लाख १० हजार ९५३ आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सूचना अधिकारी सुरेश न्यौपानेले सफल आवाजलाई जानकारी दिए।

न्यौपानेका अनुसार उक्त समयसम्म जम्मा ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको ९३ लाख २४ हजार २२० कित्ता सेयरको लागि आवेदन परेको र यो आँकडा सर्वसाधारणलाई छुट्टयाइएको १० लाख ९३ हजार ७४९ कित्ताको ८.२५ गुणाले बढी हो ।

उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर जारी गरेको र त्यसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ।

अन्य आईपीओमा झैं न्यूनतम १० कित्ता तथा अधिकतममा भने १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिने जनाइएको छ। कम्पनीले छुट्याएको सङ्ख्याभन्दा बढी आवेदन परिसकेकाले आवेदन दिने अन्तिम मिति साउन १२ लाई तोकिएको छ ।