
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक गरेको छ। यसका लागि केही बेरअघि परीक्षा बोर्डको बैठक बसेको थियो । बोर्डका अनुसार यस पटक ९ हजार ६३३ परीक्षार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
बोर्डले यसअघि आज दिउँसो तीन बजे नतिजा सार्वजनिक गर्ने बताए पनि बैठक लम्बिएका कारण केही ढिलो गरी नतिजा आएको हो। परीक्षा गत वैशाख ९ देखि २० गतेसम्म भौतिक रुरपमा सञ्चालन भएको थियो । यसअघिका लागातर २ वर्ष भने कोरोनाका कारण भौतिक परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो।
बोर्डद्वारा एसइईको नतिजा आफ्नो वेबसाइटका साथै एसएमएस पठाएर तथा नेपाल टेलिकमको आईभीआर माध्यमबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ।
परीक्षामा कुल ९ हजार ६६३ ले ३.६ देखि ४, ४१ हजार ६२७ ले ३.२ देखि ३.६, ६९ हजार ९०० जनाले २.८ देखि ३.२, ९० हजार ७५८ ले २.४ देखि २.८, १ लाख १२ हजार ७३३ ले २.० देखि २.४, १ लाख ५९४ ले १.६ देखि २.०, ४४ हजार ५८६ ले १.२ देखि १.६ तथा ३ हजारर २८० जनाले ०.८ देखि १.२ जीपीए ल्याएका परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार कुल सहभागी ४ लाख ९५ हजार ७५१ परीक्षार्थीमध्ये २२ हजार ६४० जनाको नतिजा माथि उल्लिखित कुनै पनि जीपीए समूहमा समावेश हुन सकेको छैन। बोर्डले उक्त सङ्ख्याका परीक्षार्थीलाई एनए अर्थात् ‘नतिजा अनुपलब्ध’ समूहमा राखेको छ।
एसईईकाे नतिजा दिइएका सर्टकाेड तथा वेबसाइटबाट हेर्नुहाेस्






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



