
काठमाडौं, १३ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा चित्त नबुझे रिटोटलिङ अर्थात् पुनर्योग गर्न पाइने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले एउटा सूचना जारी गरी यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।
बोर्डले आज प्रकाशन गरेको सूचनामा एसईई परीक्षाको गत बुधबार सार्वजनिक नतिजामा आफूलाई चित्त नबुझेको विषयमा पुनर्योगका लागि यही साउन २७ गतेसम्म निवेदन न सकिने उल्लेख छ । आवेदनका लागि ५ सय रुपैयाँ दस्तुर लाग्ने र आवेदनसँगै एसईई २०७८ को ग्रेडशीट वा ग्रेड लेजरको प्रतिलिपि तथा प्रवेशपत्रको प्रलिपि पेश गर्नु पर्नेछ।
यस्तो आवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने ती इकाईहरुलाई पुनर्योगका लागि आएका आवेदन र सम्बन्धित कागजात म्याद सकिनेबित्तिकै पठाउन पनि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले सूचनामार्फत् निर्देशन दिएको छ।







काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



