
पाेखरा, १३ साउन । पोखराका नाम चलेका केही स्कुल मध्ये अग्रपंक्तिमै आउने नाम हाे कुमुदिनी होम्स । गुणस्तरीय शिक्षा प्रदानमा अब्बल मानिन्छ, यो स्कुल । शैक्षिक गुणस्तर अभिवृद्धि होस् वा अतिरिक्त क्रियाकलापमा पोखरामात्र नभई नेपालमै नयाँ–नयाँ प्रयोग भित्राउने कुमुदिनीले हजारौं विद्यार्थीको भविष्यको उज्यालो ढोका खोलिदिएको छ । विगत ३५ वर्षदेखि अनवरत रुपमा सञ्चालित यो स्कुल गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता नगरी अघि बढिरहेकाे छ ।
अहिले पनि कुमुदिनीमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म १४ सय हाराहारी विद्यार्थी पढिरहेका छन् । कक्षा ११ र १२ मा दक्ष तथा अनुभवी शिक्षकहरुबाट साइन्स, म्यानेजमेन्टकाे अध्यापन गराइरहेकाे याे स्कुलले यसपटकदेखि कक्षा ११ मा होटल म्यानेजमेन्टको पढाइ शुरू गरेकाे विद्यालयका संस्थापक एवं अध्यक्ष अशोक पालिखेले बताएका छन ।

स्कुल खोल्ने बेलामा कक्षा १ देखि ५ सम्म प्राइमरी लेभलको कक्षा सुरुवात गरिएको थियो । ‘सधैँ लक्ष्य उच्च’ नाराका साथ विद्यार्थी, अभिभावक र शिक्षकको अन्योन्याश्रित सम्बन्धकै कारण विद्यालयले पनि गुणस्तरीय नतिजा दिँदै गयो । विस्तारै कक्षा श्रेणी थपिँदै गए । कक्षा १० सम्म पुग्यो । २०५२ सालदेखि एसएलसीमा विद्यार्थी सम्मिलित गराउन थालियो । एकपटक त स्कुलकै अञ्जली सुवेदीले यही स्कुलबाटै २०५९ सालमा नेपालमै ‘बोर्ड टेन्थ’ मा आफ्नो स्वर्ण अक्षरले लेखाउन सफल भइन् । कास्की जिल्लामा ५ पटकसम्म स्कुलले एसएलसी-एसईईतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएको छ ।
‘नतिजा हरेक वर्ष राम्रो छ,’ विद्यालयका संस्थापक एवं विद्यालय अध्यक्ष अशोक पालिखे भन्छन्, ‘हामीसँग २७ वर्षदेखि पढाइरहेका अनुभवी शिक्षक शिक्षिका हुनुहुन्छ । भौतिक सुविधा पर्याप्त छ। अतिरिक्त क्रियाकलाप निरन्तर चल्छन् । गुणस्तरीय शिक्षामा कुनै सम्झौता गर्दैनौं ।’
विद्यालयले २०६२ सालदेखि प्लस टूतर्फ व्यवस्थापन संकायमा पढाउन थाल्यो । विद्यार्थी तथा अभिभावकको अनुरोधमा पुनः विज्ञान संकायमा पनि पढाइ सुरुवात गरिएकाे थियो । यस पटकबाट कक्षा ११ मा होटल म्यानेजमेन्टको पढाइ शुरू गरेकाे संस्थापक अशोक पालिखे बताउँछन् । विद्यार्थी र अभिभावकहरू होटल म्यानेजमेन्टको पढाइ हुने भएपछि खुसी हुँदै भर्ना गरिरहेका छन ।

यहाँबाट पासआउट भएका विद्यार्थीले राम्रो अवसर पाइरहेको पालिखेले जानकारी दिए । गतवर्ष कक्षा १२ का पहिलो ब्याचका साइन्सका विद्यार्थी १८ जनामा ३ जना पोखरा युनिभर्सिटीमा फुल स्कलरसिपमा पढिरहेका र एक जना अमेरिकाको युनिभर्सिटीमा फुल स्कलरसिपमा पढिरहेको पालिखेले बताएका छन ।
नयाँ–नयाँ प्रयोग
विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ–नयाँ प्रयोग गर्दैआएको छ । संघीय राजधानी काठमाडौंबाहिर ब्रिटिस कोर्स यहाँ सुरु भयो । इन्टरनेश्नल प्राइमरी करिकुलम (आइपीसी) प्राइमरी लेभलमा ३ वर्षदेखि सुरु भएको विद्यालयले जनाएको छ । यो कोर्स विस्तारै कक्षा ५ सम्म लैजाने विद्यालयको तयारी छ । कोर्स कठिन भएकोले शिक्षकलाई पनि विशेष प्रकारको तालिम दिई दक्ष बनाइएको विद्यालयको दावी छ ।
यस्तै, पोखरामै पहिलोपटक यहाँ २०६७ सालदेखि मिदास क्लास सुरु भयो । विद्यार्थीलाई सूचना प्रविधिमार्फत कसरी पढाइमा अभिरुचि बढाउन सकिन्छ भनी विशेषतः गणित र विज्ञान विषयमा यो कोर्स केन्द्रित छ । लेक्चर विधिमात्र नभई प्राक्टिकल रुपमा सिकाउन सक्ने छिटो र दिगो सिकाइ हुने सिकाइको मान्यता हो ।

त्यतिमात्र कहाँ हो र, देश कोरोना महामारीले लकडाउनमा पर्दा कुमुदिनीले पोखरामै पहिलो पटक अनलाइन कक्षा चलायो । विस्तारै अरु स्कुलले पनि सिको गरे । सरकारले नै पछि अनलाइनमाध्यमबाट विद्यार्थी पढाउनुपर्ने नियम नै चलायो ।
कुमुदिनीमै चिनियाँ भाषा शिक्षण समेत हुने गरेको छ । यसको लागि चीनबाटै प्रशिक्षक झिकाइएको छ । चाइना कल्चरल सेन्टर, काठमाडौंको सहयोगमा सञ्चालित यो कोर्स सिकाउन भने कुनै शुल्क लाग्दैन । हाल कक्षा ५ देखि ७ सम्मका विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने गरिएको पालिखेले बताए ।
पोखरा पर्यटकीय सहर भएको र यहाँ चिनियाँ पर्यटक धेरै आउने हुँदा विद्यार्थीलाई मातृभाषाबाहेक थप भाषाको ज्ञान दिने उद्देश्यले चिनियाँ भाषा शिक्षण सुरु गरिएको उनको भनाइ छ ।
गण्डकी प्रदेशमै सबैभन्दा सुविधासम्पन्न र राम्रो ल्याब कुमुदिनीमै रहेको विद्यालयको दावी छ । त्यस्तै कम्प्युटर ल्याबमै १ सय कम्प्युटर छन् । अन्य स्कुलमा जस्तो यहाँ पनि संगीत, नृत्य, खेलकुद लगायत क्रियाकलाप त हुन्छ नै ।
स्कुलमा आर्ट म्यूजियम
त्यसबाहेक चित्रकला अझ प्राथमिकतामा छ । नेपाल सरकारले चलाएकोभन्दा राम्रो आर्ट म्यूजियम कुमुदिनीमा छ । २०६८ सालमा कलाकार किरण मानन्धरलेले सो म्यूजियम उद्घाटन गरेका थिए । यहाँका विद्यार्थीले कोरोका पेन्टिङबाहेक यहाँ १ सय ६० जनाभन्दा बढी कलाकारको २ सय ७० बढी पेन्टिङ छन् । जसबाट विद्यार्थीले थप ज्ञान लिने र सिक्ने मौका पाउँछन् ।
नेपालकै पहिलो बीएफए (ब्याचरल इन फाइन आर्ट) चन्द्रमानसिंह मास्केको पेन्टिङसमेत यहाँ देख्न पाइन्छ । १९८५ ताका चन्द्रशमशेर जबराले मास्केलाई कोलकत्तामा पेन्टिङ सिक्न पठाएका थिए ।

यसैगरी, बालबालिकालाई सम्पदा शिक्षाबारे जानकारी दिइने गरिएको छ । भक्तपुरबाट ३ सय वर्ष पुरानो कलात्मक झ्यालढोका ल्याएर विद्यालयमा फिटिङ गरिएको छ । यो ऐतिहासिक महत्वको सम्पदा हेर्द कुमुदिनी पुगे पुग्छ । नेपालको आफ्नै मौलिक कला तथा सम्पदा सिकाउन यसले मद्दत पुरयाउँछ ।
शुद्ध नेपाली शैलीको दाचि अप्पा (इँट्टा) फिटिङ गरेर अझ कलात्मकता झल्काइएको छ । यो अवलोकन गरेर पनि विद्यार्थीले नेपालको ऐतिहासिक सम्पदा तथा मौलिक संस्कृतिबारे सहज रुपमा जानकारी लिन सक्छन् ।
चुराचुरुङ्गी तथा मौरीपालन पनि विद्यालय परिसरमै देख्न पाइन्छ । ४० प्रकारका विभिन्न जडिबुटीको बोटबिरुवाले विद्यालय झनै सुन्दर बनेको छ । पालिखे भन्छन्, ‘यसले विद्यार्थीमा संरक्षण शिक्षा सिकाउन मद्दत पुरयाउँछ ।’

विद्यालयका भौतिक सुविधा
पोखराको अग्रणी र स्थापित यो विद्यालयमा पूर्ण शैक्षिक वातावरण, भौतिक पूर्वाधारले सम्पन्न, अनुभवी शिक्षकशिक्षिकाबाट अध्यापन गराइन्छ । नियमित कक्षाको साथै अतिरिक्त शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीलाई सहभागी गराइने गरिएको विद्यालयले जनाएको छ ।
कुल १४ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको हाल १० सुविधासम्पन्न भवन छन् । साइन्स ल्याब तथा कम्प्युटर ल्याब सुविधा छ । मन्टेसरी, प्राइमरी र सेकेण्डरी लेभलका विद्यार्थीको लागि ३ वटा फरक–फरक लाइब्रेरी छन् । ३ सय जना अट्ने सभाहल छ ।
टाढाटाढाका विद्यार्थीलाई स्कुलसम्म ल्याउन ९ वटा स्कुल बस छन् । पोखराको हेम्जा, बाटुलेचौरदेखि छोरेपाटन, तालचोकसम्म विद्यालय बस गुड्छन । विद्यालयमा पढ्ने हाल १४ सय जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको २ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



