
पोखरा, १४ साउन । वैदेशिक रोजगार सम्बन्धी कानुनका विज्ञ सोम लुईटेलले वैदेशिक रोजगारका सन्दर्भमा आईपर्ने समस्याहरुको बारेमा सचेत रहनु पर्ने आवश्यक्ता औंल्याएका छन् । यसमा संचारकर्मिहरुकाे भूमिका महत्वपूर्ण हुने उनले बताए ।
मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले शनिबार पोखरामा आयोजित वैदेशिक रोजगार कानून सम्बन्धी संचारकर्मिहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक अधिवक्ता लुईटेलले देश अहिले कृषि प्रधान देश नभएर रेमिट्यान्स प्रधान देश भएको बताए । पोहोरसम्म ६३ लाख मानिसले श्रम स्वीकृति लिएकोमा यसपालि ६ लाख थपिदा हालसम्म ६९ लाखले श्रम स्वीकृति लिईसकेको देखिन्छ । उनले भने, अहिले २१ लाख जनशक्ति विदेशमा रहेको छ भने देशको जिडिपीमा २५ प्रतिशत हिस्सा ओगटेको छ ।
विदेशमा रोजगारीका लागि जानै पर्ने वाध्यता भए सिप नसिकेर जान नहुने कुरा उनले सुझाए । अहिले कतिपय मुलुकमा गएकाहरु विभिन्न कारणले शोषणमा परेका, मानव बेचबिखन र ओसार पसारको जोखिममा परेका र विभिन्न प्रलोभन तथा जालझेलमा पर्ने गरेको बताए ।
अधिवक्ता लुईटेलले हालसम्म ७७ जिल्लाका २७ हजार वैदेशिक रोजगारको सिलसिलामा समस्यामा परेका, ठगिएका, शोषणमा परेकाहरुलाई निःशुल्क कानूनी सेवा दिईएको बताए । वैदेशिक रोजगारलाई मर्यादित बनाउन आवश्यक भएकोले उनले वैदेशि रोजगार सम्बन्धी ऐन २०६४ लाई समय सामेक्ष परिमार्जन गर्न आवश्यक भएको बताए । त्यस अवसरमा उनले वैदेशिक नीति तथा कानूनहरु, अनुगमन, मानव बेचबिखन, श्रम शोषण, कामदारको न्यायमा पहुँच लगायतका विषयमा प्रष्ट पारेका थिए ।
अर्का प्रशिक्षक आर्थिक अभियान दैनिकका कार्यकारी सम्पादक रुद्र खड्काले वैदेशिक रोजगारमा देखिएका चुनौती र प्रबृत्ति तथा संचारकर्मिको भूमिकाका बारेमा सहजिकरण गरेका थिए । उनले राज्य संयन्त्र श्रीलंकाकोभन्दा पनि कमजोर भएपनि तत्काल नेपाल श्रीलंकाको जस्ताे नाजुक आर्थिक स्थितिमा नपुगेको बताए ।
सबै देश कोरोनाबाट प्रावित भए । उनले भने, कोरोना कालमै सबैभन्दा बढी रेमिट्यान्स नेपालमा आएको छ । उनले अरनिकोले तिव्वतको यात्रा गरेपछि शुरु भएको नेपालकाे वैदेशिक रोजगारको सिलसिला पहिलो र दोश्रो विश्वयुद्धसंग जोडिएको पाईन्छ । तर २०४२ सालमा मात्र नीति आयो । खड्काले भने, अझैं पनि यसका बारेमा स्पष्ट नीति नभएको र २०६४ सालमा आएको कानूनमा परिवर्तन भएको छैन ।
२०७९ सालसम्म आईपुग्दा पनि कानूनमा परिमार्जन नहुनु केहि ठूला म्यान पावरको दवावमा रहेको भान भएको बताए । ९० प्रतिशत जनशक्ति खाडीमा जाने गरेको छ । खड्काले भने सरकारले किन बढी आम्दानी भित्रिने मुलुकका लागि सहजिकरण गरिरहेको छैन ? यसका बारेमा संचार क्षेत्रबाट खोजि गर्नुपर्ने, वैदेशिक सफलताका कथा जनमानसमा ल्याउने, उनीहरुले सिप सिकेर यहाँ आई गरेको प्रगतिलाई वढावा दिनुपर्ने र सरकार तथा कुटनितिक नियोगको काम प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको बताउँदै छिमेकी देश भारतमा जानेहरुको एकिन तथ्यांक नआएकोले यसका बारेमा पनिआध्ययन भईरहेको र छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।
उनले गण्डकी प्रदेश रेमिट्यान्स आउने प्रदेश भएपनि जनसंख्या कम भईरहेको र माइग्रेसन बढेको बताए । उनले देशमा ११ महिनामा ९ खर्ब ४ अर्ब रेमिट्यान्स आएको बताए । २३ प्रतिशत रेमिट्यान्स आउँदा निर्यात मुस्किलले २ प्रतिशत रहेको बताए ।
कर्यक्रममा पोखराका विभिन्न संचारमाध्यममा संलग्न संचारकर्मि सहभागि भएको अभिमुखिकरणकाे संचालन सहजिकरण अधिवक्ता भुवन पराजुलीले गरेकि थिईन । कार्यक्रम आईरेक्सको सहयोगमा पिपुल फोरम काठमाडौंले आयोजना गरेको हो ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



