
काठमाडौं, १५ साउन । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात् जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको २ करोड ७८ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आज आइतबारबाट बिक्री खुला भएको छ।
कम्पनीले गोप्य शिलबन्दीमार्फत् ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि २०७९ गत असार ५ देखि असार १९ सम्म समय तोकेकोमा उक्त अवधिमा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बाँडफाँट हुन सकेको थियो। कम्पनीले बाँकी रहेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता सेयरका लागि बोलपत्रमार्फत् आजबाट पुन: बिक्री खुला गरेको हो ।
कम्पनीले रु १०० दरका अंकित २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयरका लागि शिलबन्दी बोलपत्र आजदेखि पेश गर्न सकिने र यसको अन्तिम म्याद आगामी साउन २९ गतेसम्म हुने जनाएको छ।
कम्पनीका अनुसार सेयरका लागि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल तथा बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, वीरेन्द्रनगर, दाङ, धनगढी र महेन्द्रनगरमा रहेका ग्लोबल आईएमई बैंकका शाखा कार्यलयमा बोलपत्र पेश गर्न सकिनेछ।






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



