
काठमाडौं, १७ साउन । चालु आर्थिक वर्षको १५ दिनमा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । केन्द्रका अनुसार गत आर्थिक वर्षमा १५ हजार ९९९ जना कालोसूचीमा परेका थिए ।
कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने उ पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने गरेको छ ।
बैङ्कले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ ।
बैङ्कले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्यरुपमा कर्जा सूचना लिनुपर्नेछ ।
यसरी कर्जा सूचना माग भएको खण्डमा कर्जा सूचना केन्द्रले बढीमा ३ कार्य दिनमा कर्जा सूचना उपलब्ध गराउनु पर्नेछ । कर्जा सूचना केन्द्रमा २५ वटा वाणिज्य बैङ्क, बिकास बैक र फाइनान्स कम्पनीहरू आबद्ध छन् ।








काठमाडौं, ६ मंसिर । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो…
काठमाडौं, ६ मङ्सिर। १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक…
काठमाडौँ, ६ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सुर्खेत, ६ मङ्सिर। बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली… 




