महिला लघुवित्तको खुद नाफा १५ करोड, ईपीएस पनि बढ्यो

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफाका साथमा ईपीएसमा पनि वृद्धि भएको पाइएको छ।

समीक्षा अवधिमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ६१.४३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा कमाउन सकेको थियो।

प्रकाशित वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफामा भने गिरावट आएको देखिएको छ । तर खराब कर्जा उल्लेख्य रुपमा उठाउन सकेकाले लघुवित्तको सञ्चालन मुनाफामा आएको गिरावटका बावजूद कम्पनीले खुद नाफामा वृद्धि गर्न सफल भएको देखिन्छ ।

यो अवधिमा कम्पनीको खुद नाफामा मात्र नभई प्रति सेयर आम्दानी अर्थात् ईपीएसमा पनि बढोत्तरी भएको । उक्त अवधिमा लघुवित्तको ईपीएस १०१.७६ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा ९२.९८ मात्र थियो । यस हिसाबले कम्पनीले समीक्षा अवधिमा प्रति सेयर आम्दानी ८.७८ ले वृद्धि गरेको छ ।

यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ ३०२.२६  रुपैया र मूल्य-आम्दानी अनुपात अर्थात् पीई रेसियो ३३.७९ गुणा रहेको छ । साथै कम्पनीको प्रति सेयर नेटवर्थ ३०२.२६  रुपैया र मूल्य-आम्दानी अनुपात अर्थात् पीई रेसियो ३३.७९ गुणा रहेको विवरणमा उल्लेख छ ।