अब विराटनगरबाट पनि स्मार्ट लाइसेन्स पाइने

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



विराटनगर, १७ साउन । स्मार्ट सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लिखित र प्रयोगात्मक परीक्षा विराटनगरमा पनि शुरु गरिएको छ ।

यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणि भट्टराईका अनुसार ड्राइभिङ लाइसेन्सका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको सेवा गत साउन ११ गतेबाट शुभारम्भ भएको हो । विराटनगर यातायात व्यवस्था कार्यालयले अनलाइन फाराम खुलाएपछि सेवाग्राहीले लाइसेन्सका लागि फारामसमेत भर्न थालिसकेको भट्टराईले जनाएका छन् ।

यसअघि प्रदेश १ भरमा इटहरीमा मात्रै रहेको स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा सेवा अब विराटनगर, बिर्तामोड, इलाम, धनकुटा तथा उदयपुरमा समेत विस्तार गरिएको बुझिएको छ।