
काठमाडौं, १८ साउन । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड नाफा आर्जन गरेको छ । बैंकले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले उक्त रकम बराबरको नाफा कमएको हो ।
यो आँकडा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ४३.८७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ रहेकोमा एक वर्षको अवधिमा बढेर २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले समग्र खुद नाफामा बढोत्तरी भएको बुझिएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले खुद ब्याज आम्दानीमा पनि २५.६७ प्रतिशत ले वृद्धि गरेको छ ।
खुद नाफा तथा खुद ब्याज आम्दानी मात्र नभई बैंकको प्रति सेयर आम्दानी अर्थात् ईपीएस पनि ५.७ रुपैयाँ बढेको छ । यसअघि १३.५७ रुपैया रहेको ईपीएस समीक्षा अवधिमा बढेर १९.२७ रुपैयाँ भएको छ।
यसैगरी सोही अवधिमा बैंकको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ९.९२ गुणा तथा प्रति सेयर नेटवर्थ १४४.१ रुपैया रहेको विवरणमा उल्लेख छ । सार्वजनिक विवरण अनुसार यो समीक्षा अवधिमा कुमारी बैंकको कुल सञ्चालन आम्दानीमा ४५.८१ प्रतिशतले वृद्धि भएको भने सञ्चालन मुनाफा पनि ३२.६८ प्रतिशतले बढेको छ।







काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



